बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

विश्वकप छनोटमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई केपी ओलीको बधाई (भिडिओ)

दैनिक नेपाल २०७९ चैत २ गते १८:४१

काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनौटमा पुगेकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

खेल समापन भएको केही बेरमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले खेलाडीहरूलाई बधाई दिएका हुन् ।

‘युएईविरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ! हामी गौरवान्वित छौँ, नेपाल गौरवान्वित छ,’ ओलीले लेखेका छन् ।

आज बिहीबार भएको खेलमा डकवर्थ लेविस स्टर्न (डीएलएस) पद्धतिको आधारमा युएईलाई ९ रनले हराउँदै नेपाल सोझै विश्वकप छनोटमा पुगेको हो ।

जितसंगै नेपालले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित