७ कार्तिक २०८३, शनिबार

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २४ रुपैयाँ, सेतो आलु १६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४० रुपैयाँ, कागती २५० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी रहेका छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदिना २५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ । यस्तै, ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी १०० रुपैयाँ केजी र हरियो धनियाँ ३० रुपैयाँमा पाइने छ ।

कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँ रहेको छ ।