
काठमाडौं, २ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यूएईविरुद्ध खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा आज यूएईविरुद्ध खेल्न लागेको नेपाली टोलीलाई शुभकामना दिएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले भनेका छन्ः
मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो। ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु ।
अहिले बिहान साढे ९ बजेबाट कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा यूएईले टस जित्दै नेपलविरुद्ध ब्याटिङ रोजेको छ ।
आज नेपालले यूएईलाई हराए सिधै विश्वकप छनोटमा स्थान बनाउनेछ । तर यूएईविरुद्धको आजको खेल हारे नामिबियाले विश्वकप छनोटमा सिधै स्थान बनाउने छ । त्यसैले नेपालको लागि आजको यो खेल निकै महत्वपूर्ण रहेको छ ।












प्रतिक्रिया