१ कार्तिक २०८३, आइतबार

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजबाट सुरु हुँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं , २ चैत । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैठौं संस्करण काठमाडौंमा आज बिहीबारबाट सुरु हुँदैछ ।

बिहीबार दिउँसो ३ बजेबाट सिभिल मलमा सुरु हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । ५ दिन सम्म सञ्चालन हुने चलचित्र महोत्सवको उद्घाटन समारोहमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ प्रदर्शन हुनेछ ।

निफका अध्यक्ष केपी पाठकका अनुसार चलचित्र महोत्सवमा ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्ये ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको छ ।

यी छनोट भएका सम्पूर्ण चलचित्रको प्रदर्शन चार वटा (सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल र भक्तपुरको राधेराधेको भाटभटेनी) सिनेमा हलहरुमा प्रदर्शन गरिनेछ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार प्रदान गरिनेछ ।

महोत्सवको समापन चैत ६ गते सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने कार्यक्रम रहेको निफले जनाएको छ ।