
काठमाडौं, २ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक ट्वीटर खाता ह्याक भएको छ ।
गएराति ह्याकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रोफाइल रहेको तस्वीर हटाउँदै बीएलयूआर शब्द लखेको तस्वीर राखेको थियो ।
ह्याकरले प्रधानमन्त्री कार्यालयको प्रोफाइल, कभर, पिन ट्वीट समेत परिवर्तन गरेको थियो ।
ह्याकरले केहि घण्टा कार्यालयको आधिकारिक ट्वीटर खाता नियन्त्रणमा लिएको थियो । ह्वाकरले विभिन्न अनावश्यक ट्वीटहरु रिट्वीट समेत गरेको थियो ।
यद्यपी हाल प्रधानमन्त्री कार्यालयले आफ्नो ट्वीटर खाता नियन्त्रणमा लिएको छ । यस विषयमा प्रधानमन्त्री कार्यालयले आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन् ।











प्रतिक्रिया