३० कार्तिक २०८३, सोमबार

मकवानपुरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २ चैत । मकवानपुरको भीमफेदी गाउँपालिका-४ मा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु छ ।

बुधबार भीमफेदी-४ ठूलो गुन्डेङ स्थित भित्रि सडक खण्डमा सानो गुन्डेङबाट भैंसेतर्फ आउँदै गरेको ना.२ह ४६८९ नम्बरको अटो आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ८०/९० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो चालक भीमफेदी-२ भैंसे बस्ने ६५ वर्षीय सुब्बा बज्यु तामाङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।