
काठमाडौं, १ चैत । चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालय शितल निवासले आफ्नो आधिकारिक वेवसाइटमा राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर परिवर्तन गरेको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि कार्यालयले पौडेलको दुवै गालामा भएको कोठी हटाएर एडिट गरेको तस्वीर राखेको थियो ।
सोही विषयलाई लिएर राष्ट्रपति कार्यालयको चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलको कोठी भएको वास्तविक तस्वीर राखेको हो ।
पौडेल गत २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले २९ फागुनमा पद तथा गोपनीयताको शपथ लिएसँगै राष्ट्रपतिको कार्यभार सम्मालेका छन् ।











प्रतिक्रिया