३ कार्तिक २०८३, मंगलबार

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १ चैत् । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन भएका छन् । पैँतीस सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेपछि त्ससमध्येबाट पदाधिकारी चयन गर्ने विधानअनुसार संघको पदाधिकारीमा सर्वसम्मत चयन गरिएको हो ।

संघका अध्यक्षमा अनिल अग्रवाल (पटावारी), वरिष्ठ उपाध्यक्षमा हरि गौतम, उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशिष लाठ, कोषाध्यक्षमा शिवजीप्रसाद साह कलवार, उद्योग सचिवमा सुशान्त चाचान, वाणिज्य सचिव प्रेमचन्द गोयल सर्वसम्मत चयन भएको संघले जनाएको छ ।

त्यस्तै सहकोषाध्यक्ष अनोज रूंगटा, सहसचिवमा नरेश टिवडेवाल र निरज अग्रवाल पनि सर्वसम्मत चयन भएको छ । पदाधिकारीका लागि मनोनयन दर्ता गरेकामध्ये उपाध्यक्षबाहेक अन्य पदमा कसैको पनि उम्मेदवारी नपरेको र उपाध्यक्षमा वार्तापछि सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।