
काठमाडौं, १ चैत । देशका विभिन्न ठाउँमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
जुम्ला, चन्दननाथ नगरपालिका–४ मालाभिडस्थित होटल तिला कर्णालीमा बाजुरा जगनाथ गाउँपालिका–६ कोटगोती घर भएका २८ वर्षीय धिरज बिष्ट मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका–१५ झरहीखोला बस्ने ४० वर्षीय ईन्द्र बहादुर थापा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, बागमती नगरपालिका–९ बस्ने १८ वर्षीय संजित बरही सोही ठाउँस्थित साना वन बिकास जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया