शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

वीर अस्पतालले किन हटायो पाँचजना नर्सलाई ?

दैनिक नेपाल २०७९ फागुन ३० गते १३:३२

Bir Hospital

काठमाडौं, ३० फागुन । वीर अस्पतालले पाँच जना नर्सलाई सेवाबाट हटाएको छ ।

उनीहरु लामो समयदेखि सेवामा नआई सम्पर्कविहीन भएपछि सेवाबाट हटाइएको अस्पतालले जानकारी दिएको छ । बिदा स्वीकृतसमेत नगराई अस्पतालमा अनुपस्थित रहेका पाँचौ तहका उनीहरुलाई सेवाबाट हटाइएको हो।

सेवाबाट हटाइएका नर्सहरु न्याम्स अन्तर्गतका स्थायी नर्सहरु सुशीला ढकाल, जमुना सिटौला, सम्झना श्रेष्ठ, शान्ति लम्साल र ओमदेवी पुन रहेका छन्।

उनीहरुलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली २०६५ को नियम १३३ (घ) बमोजिम तीन महिनासम्म सम्पर्कमा नआएकाले स्वत सेवाबाट हटाइएको हो ।

प्रतिक्रिया
सम्बन्धित