२९ आश्विन २०८३, बिहिबार

नि:शुल्क सुगर जाँचसहित वृहत् जनचेतनामुलक कार्यक्रम गर्दै नर्भिक अस्पताल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह (सुगर)का बिरामीलाई लक्षित गरी बृहत् नि:शुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ ।

अस्पतालले आगामी चैत ७ गते मधुमेहका बिरामीलक्षित वृहत नि:शुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो । नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ ।

दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले नि:शुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।

सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. कामक्क्षा शाहले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र नि:शुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन् ।

नर्भिक अस्पतालले बेला–बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । एकमहिनाअघि पनि अस्पतालले मधुमेहका बिरामीलाई लक्षित गरी वृहत नि:शुल्क जनचेतना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सर्वसाधारणको उत्साहजनक सहभागिता थियो ।

त्यस्तै कार्यक्रम पुन: गर्नुपर्ने माग आएपछि त्यसलाई सम्बोधन गर्न चैत ७ गते अर्को जनचेतनामूलक कार्यक्रम राखिएको अस्पतालले जनाएको छ ।

अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी नि:शुल्क ओपीडी सेवा समेत सञ्चालन गर्दै आएको छ । चाँडपर्व, उत्सव तथा विशेष अवसरहरुमा अस्पतालले विभिन्न हेल्थ प्याकेज तथा स्किमहरु सार्वजनिक गर्दै भारी छुटमा अस्पतालको सेवा लिन सकिने अफरहरु समेत सार्वजनिक गर्दै आएको छ ।

विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई नि:शुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ ।