१ कार्तिक २०८३, आइतबार

‘आरआरआर’को नाटु नाटु ले जित्यो ओस्कार अवार्ड

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । एसएस राजामौलीको भारतीय फिल्म ‘आरआरआर’को नाटु नाटु गीतले २०२३ को ओस्कार अवार्ड जितेको छ ।

अमेरिकाको लस एन्जलसमा भएको ९५औँ ओस्कारमा आरआरआरको नाटु नाटु गीतले उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको हो ।

यसअघि राजामौली फिल्म आरआरआरको ‘नाटु नाटु’ ले अमेरिकामा गोल्डेन ग्लोब अवार्ड जितेको थियो ।

आरआरआरमा जूनियर एनटीआर र राम चरणले १९२० को ब्रिटिश राजका बेला भारतका स्वतन्त्रता सेनानी कोमाराम भीम र अल्लुरी सीतारामराजुको भूमिका निभाएका थिए ।