सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : रामचन्द्रले छोडे कांग्रेस, सरकारको आयु पाँच महिना मात्रै !

दैनिक नेपाल २०७९ फागुन २८ गते २३:०७

काठमाडौं, २८ फागुन । अर्थतन्त्रमा समस्या देखिएको र ब्यापार व्यवसाय गर्न असहज भएको भन्दै ब्यवसायीहरु सडक प्रदर्शनमा उत्रिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र काबुमै रहेको बताएका छन् ।

उनले आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार आइरहेको गलत दाबी गरिरहँदा माइतीघर मण्डलामा बैंक तथा वित्तीय समस्या संघर्ष समितिले प्रदर्शन गरिरहेको थियो । उनीहरूले भोलि रास्ट्र बैंकको केन्द्रीय कार्यालयअघि प्रदर्शन गर्ने र माग पूरा नभए आ-आफ्नो ब्यवसायको चाबी सरकारलाई बुझाउने चेतावनी दिएका छन्  ।

यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको केही महिनाभित्र सरकारले केही गरेर नदेखाए वा केही गर्ने बाटो नसमाते प्रचण्ड नेतृत्वको सरकारविरुद्ध पुनः अंकगणितको बाध्यात्मक खेल सुरु हुने चेतावनी दिएका छन्  ।

हेरौं आज दिनभरका मुख्य-मुख्य समाचारहरुका हेडलाइनहरु

प्रतिक्रिया
सम्बन्धित