
काठमाडौं, २८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत यूएईविरुद्धको जारी खेलमा नेपालले ३ विकेट गुमाएको छ ।
खेलको दोस्रो ओभरमा नै नेपालका ओपनर आसिफ सेख शून्य रनमा आउट भए ।
पाँचौं ओभरमा कुशल भुर्तेल ८ रन बनाएर आउट भएका छन् ।
यसैगरी, खेलको सातौँ ओभरमा कुशल मल्ल ९ रन बनाएर आउट भएका छन् ।
यो समाचार तयार पार्दा सम्म नेपालले ७.१ ओभरमा तीन विकेट गुमाउँदै २२ रन बनाएको छ ।















प्रतिक्रिया