
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ ।
नयाँ कार्यकालका लागि नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल चयन भइसकेका छन् ।
राष्ट्रपति भण्डारीको आजबाट कार्यकाल सकिने भएकाले शीतल निवासबाट बूढानीलकण्ठस्थित आफ्नो निजी निवासमा सर्न लागेकी हुन् ।
उनी संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति भएकी थिइन् भने, दोस्रोपटक २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।











प्रतिक्रिया