३१ आश्विन २०८३, शनिबार

आईसीसी विश्व कप क्रिकेट लिग–२ः नेपाल र यूएई भिड्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ ।

काठमाडौंको कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

अंक तालिकामा नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकसहित पाँचौँ स्थानमा छ ।

नेपालले आजको खेलमा यूएईलाई हराउँदा ३६ अंकसहित चौथो स्थानमा उक्लिनेछ ।

यूएईको ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकसहित छैटौँ स्थानमा छ ।

५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा ४४ अंकसहित ओमान दोस्रो स्थानमा छ ।

नेपाललाई सोझै विश्व कप छनोट खेल्न भने बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ ।