शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : साझा उम्मेदवार तय गर्न १० दल असफल, बैंकमा नगद जम्मा नगर्न आग्रह

नेकपा एसका विद्यार्थीले मच्चाए आरआरमा आतंक

दैनिक नेपाल २०७९ फागुन २७ गते २२:३०

काठमाडौं, २७ फागुन । देशको हित छोडेर विदेशीको स्वार्थपूर्तिका लागि गठन भएको पछिल्लो १० दलीय गठबन्धन उपराष्ट्रपतिको साझा उम्मेदवार तय गर्न असफल भएका छन् ।

फलस्वरुप एउटै दलबाट दुई जनासहित गठबन्धन्धनबाट तीन जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनमा दल धेरै भएकै कारण किचलो बढेको छ । यसले देश र जनताको हितमा काम गर्नुपर्ने समयमा सरकार आफूलाई जोगाउने ध्याउन्नमा अलमलिरहेको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

१. को बन्दैछन् तेस्रो उपराष्ट्रपति ? : उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्ट्रलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा तथा जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादवले गराए उम्मेदवारी दर्ता, एउटै दलबाट पर्‍यो दुई जनाको उम्मेदवारी ।

२. गठबन्धन असफल : उपराष्ट्रपति निर्वाचनका लागि साझा उम्मेदवार तय गर्न कांग्रेस र माओवादीसहितका १० दलीय सत्ता गठबन्धन असफल, गठबन्धनबाटै पर्‍यो तीन जनाको उम्मेदवारी ।

३. गठबन्धन महिलाविरोधी हो : वर्तमान सत्तारूढ गठबन्धन महिला विरोधी भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, कानुन छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडि पार्ने काम गरिरहेको आरोप ।

४. एउटै दलबाट दुई जना उम्मेदवार : जनता समाजवादी पार्टीको संसदीय दलका नेता समेत रहेका उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरूद्व पर्‍यो उजुरी, यादवको उम्मेदवारी नेपालको संविधानको धारा ७० को व्यवस्था अनुसार प्रतिकुल भएको उजुरीकर्ताको दाबी ।

५. आगलागीले खोस्यो रामबहादुरको खुशी : उदयपुरको रौतामाई गाउँपालिका–८ मा अवस्थित रामबहादुर बुर्जाको घरमा विजुली सर्ट भइ आगलागी हुँदा जलेर ६ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजनको मृत्यु, आगलागीबाट १० लाख भन्दा बढीको क्षति भएको अनुमान ।

६. गठबन्धनद्वारा गलत व्याख्या : उपराष्ट्रपतिबारे सत्तारुढ गठबन्धन दलहरूले गरेको व्याख्या संविधानको भावना र मर्मविरीत भएको नेकपा एमालेको ठहर, राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई गलत व्याख्या नगर्न आग्रह ।

७. एमाले अखिलले खोल्यो जितको खाता : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गर्‍यो विजयी सुरूवात, गुल्मीको मजुवास्थित टीकाराम बहुमुखी क्याम्पसमा अनेरास्ववियुका आकाश खरेल निर्विरोध निर्वाचित ।

८. पालिका अध्यक्षलाई कारबाहीको माग : सिरहामा भएका छुवाछूतसम्वन्धी घटनामा संलग्न रहेको भन्दै भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न विभिन्न राजनीतिक दलनिकट भ्रातृ संगठन र दलित संघ/संस्थाहरूको माग, अध्यक्ष यादवले आफ्नी आमाको १३औँ दिनको पुण्य थितिमा दलित र गैरदलित छुट्टयाएको आरोप ।

९. सत्तागठबन्धननिकट विद्यार्थीहरू एकैठाउँ : आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सत्ता गठबन्धननिकट तीन विद्यार्थी संगठनहरूले गरे उपत्यकाका २८ वटा क्याम्पसमा चुनावी तालमेल, नेविसंघ, अखिल क्रान्तिकारी र नेकपा एसनिकट संगठनले तालमेल गर्दा अनेरास्ववियु एक्लै मैदानमा ।

१०. नेकपा एसका विद्यार्थीले मच्चाए आरआरमा आतंक : स्ववियु निर्वाचनको मनोनयन दर्ताका क्रममा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा एमालेनिकट विद्यार्थीमाथि खुकुरी प्रहार, नेकपा एसका विद्यार्थीले खुकुरी प्रहार गर्दा राज न्यौपाने, अनिल बोहोरा र बिवेक गैरे घाइते ।

११. उपेन्द्रविरुद्ध कार्यगत एकता : सत्ता गठबन्धनभित्रका ठूला दलले उपराष्ट्रपतिको निर्वाचनका साना दललाई आपसमा भिडाएपछि लोकतान्त्रिक समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीले गरे कार्यगत एकताको घोषणा, उपेन्द्र यादवको जनता समाजवादी पार्टी बन्यो एक्लो ।

१२. राजमार्ग १५ दिन बन्द : पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड राति १२ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिने, अत्यावश्यकबाहेक अन्य सवारी साधानलाई आवतजावतमा रोक ।

१३. नगद जम्मा नगर्न आग्रह : बैंकमा नगद जम्मा नगर्न मकवानपुर उद्योग वाणिज्य संघको आग्रह, बैंकको चर्को व्याजदरविरुद्धको आन्दोलनलाई सहयोग गर्न व्यवसायीहरूसँग अनुरोध ।

१४. क्रिकेटर सोमपाल क्यानडा जाने : आगामी जुनमा हुने क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता ‘फ्लावर सिटी टी–ट्वान्टी लिग’ खेल्दै नेपाली क्रिकेटर सोमपाल कामी, तीव्र गतिका बलर कामी ओटावा फाल्कोन क्लमा आवद्ध ।

१५. अधिवेशन सम्पन्न : चीनको शीर्ष राजनीतिक सल्लाहकार निकायको १४औँ राष्ट्रिय समितिको पहिलोसत्र सम्पन्न, बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित सत्रमा राष्ट्रपति सी चिनफिङ र अन्य चिनियाँ सहभागी ।

प्रतिक्रिया
सम्बन्धित