
काठमाडौं, २७ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ९ दलीय गठबन्धनको बैठकमा सहमति हुन नसकेपछि सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको लागि तीन जनाले उम्मेदवारी दिने भएका छन् ।
सहमति नजुटेपछि जनमतबाट एक जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने बुझिएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार जनमतबाट ममता झाले उम्मेदवारी दिने छिन् भने जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको छ ।
यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उपराष्ट्रपति निर्वाचन कार्यक्रम अन्तर्गत आज बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ताको कार्यतालिका रहेको छ ।












प्रतिक्रिया