३१ आश्विन २०८३, शनिबार

नेपाली कबड्डी टोली बंगलादेश जाँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेपाली कबड्डी टोली आज शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

तेश्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन शनिबार १२ पुरुष खेलाडीसहित १५ सदस्यीय बंगलादेशको ढाका प्रस्थान गर्न लागेको हो ।

खेलाडीहरुमा लालमोहर यादव, नागेश्वर थारु, प्रवीण खड्का, कुमार लामा, बन्धु राना, रामु टमाटा, घनश्याम रोक्का मगर, विनोद तामाङ, सविन बोहजु, सागर चौधरी, पशुपति शाह र सरमन प्रजापति रहेका छन् । त्यस्तै प्रशिक्षकमा प्रकाशप्रसाद साह, व्यवस्थापकमा अरविन्दकुमार झा र निर्णायकमा तरुणकुमार यादव रहेका छन् ।

मार्च ११ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित श्रीलंका, बंगलादेश, थाइल्यान्ड, मलेसिया, इराक, इन्डोनेसिया, चाइनिज ताइपेइ, अर्जेन्टिना, केन्या, पोल्यान्ड र बेलायत गरी १२ राष्ट्रको सहभागिता हुने कबड्डी संघ महासचिव विनोद प्रजापतिले जनाएका छन् ।