
काठमाडौं, २७ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा ९ दलीय गठबन्धनको बैठक सुरु भएको छ ।
शनिबार बिहान ८ः३० बजे सुरु हुने भनिएको बैठक आधा घण्टा ढिला सुरु भएको छ ।
बैठकले उपराष्ट्रपति पदको उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।

उपराष्ट्रपतिमा सत्ता गठबन्धनको जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालले दाबी गर्दै आएको छ ।

उपराष्ट्रपति निर्वाचन कार्यक्रम अन्तर्गत आज बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ताको कार्यतालिका रहेको छ ।











प्रतिक्रिया