३० कार्तिक २०८३, सोमबार

महिलाको अधिकार नखोसियोस्, उपराष्ट्रपति महिला हुनुपर्छः कमल थापा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपराष्ट्रपति महिला हुनुपर्ने बताएका छन् ।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत उम्मेदवारी दर्ताको दिन शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै थापाले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति पुरुष निर्वाचित भइसकेको भन्दै उपराष्ट्रपति महिला हुनुपर्नेमा जोड दिएका छन् ।

थापाले भनेका छन्ः

संविधानको छिद्र खोजेर अहिले जे जस्तो व्याख्या गरिए पनि संविधान निर्माण गर्दा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुने सर्वसम्मत निर्णय, मान्यता र सोचाई हो । गलत परम्परा नबसालौँ ।
राष्ट्रपति पुरुष निर्वाचित भैसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनुपर्छ । महिलाको अधिकार नखोसियोस्