शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एनआरएनए अमेरिकाको मेम्बर सीप ड्राइभ कमिटीको चेयरमा डीलु पराजुली नियुक्त

दैनिक नेपाल २०७९ फागुन २७ गते ८:५०

काठमाडौं, २७ फागुन । अमेरिका गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको मेम्बर सीप ड्राइभ कमिटीको चेयरमा डीलु पराजुली नियुक्त भएका छन् ।

एनआरएनए अमेरिकाका उपाध्यक्ष पराजुलीलाई संघले गत बिहीबार मेम्बर सीप ड्राइभ कमिटीको चेयरमा नियुक्त गरेको हो । गत बिहीबार बसेको कार्यसमिति बैठकमा अध्यक्ष बुद्धि सागर सुवेदी र महासचिव अन्जन कुमार चौलागाईले उपाध्यक्ष डीलु पराजुलीलाई मेम्बर सीप ड्राइभ कमिटीको चेयरमा प्रस्ताव गरेका थिए ।

उनका लागि गरिएको प्रस्थाव कार्यसमितिले अनुमोदन गरेसंगै उपाध्यक्ष पराजुली मेम्बर सीप ड्राइभ कमिटीको चेयरमा चयन भएका हुन् । यस पटक पनि वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्तले समेत यस पदका लागि निक्कै जोड दिएका थिए तर उपाध्यक्ष पराजुलीको कार्य कुशलता र अनुभवका आधारमा यस पटक पराजुलीलाई मेम्बर सीप ड्राइभको नेतृत्व पदमा नियुक्त गरिएको हो ।

मेम्बर सीप ड्राइभ कमिटीको चेयरमा नियुक्त भए लगतै उपाध्यक्ष पराजुलीले प्रेस वक्तव्य जारी गर्दै सदस्यता कसरी बन्ने र कहिलेसम्म बन्न सकिन्छ भन्ने लगायतका धेरै विषयलाई प्रष्ट पार्ने कोसिस गरेका छन् ।

बुधबार राती एनआरएनए अमेरिकाको फेसबुक पेजबाट सदस्यता लिन योग्यता पुगेका सबैलाई आह्वान गरेका पराजुलीले मेम्बर सीप ड्राइभ कमिटीको चियरमा नियुक्त भएपछि एनआरएनए अमेरिकाका २९ वटा च्याप्टर र सबै राज्यमा रहेका इकाइसँग मिलेर सदस्यता वितरणको अभिभारालाई पुरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित