३ कार्तिक २०८३, मंगलबार

बैंकमा नगद जम्मा नगर्न आग्रह

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २७ फागुन । मकवानपुर उद्योग वाणिज्य संघले बैंकको चर्को व्याजदरविरुद्धको आन्दोलनलाई सहयोग गर्न बैंकमा नगद पैसा जम्मा नगर्न आग्रह गरेको छ ।

संघले एक सूचना जारी गर्दै आफ्ना व्यवसायी र शुभचिन्तकहरुलाई भोलि आइतबारदेखि बैंकमा पैसा जम्मा नगर्न आग्रह गरेको हो ।

बैंकको चर्को व्याजदरविरुद्ध संघ र संघमा आवद्ध वस्तुगत संघ, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएसन मकवानपुर लगायत विभिन्न व्यवसायीक संघहरुले हेटौंडामा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

आइतबार नगद जम्मा नगर्ने, सोमबारबाट सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गतेदेखी शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने संघको कार्यक्रम रहेको बताइएको छ ।