३० कार्तिक २०८३, सोमबार

सभामुख घिमिरे बहराइन प्रस्थान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । संघीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघको १४६औँ महासभामा सहभागी हुन शुक्रबार बहराइन प्रस्थान गरेका छन् ।

आजदेखि चैत १ गतेसम्म बहराइनको मानामामा सञ्चालन हुने उक्त महासभामा सहभागी हुन सभामुख घिमिरे नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बेलुका त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद रमेश लेखक, हितराज पाण्डे, सन्तोष परियार, राष्ट्रियसभाका सांसद इन्दु कडरिया, संघीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संघीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे छन् ।

No description available.

महासभामा सभामुख घिमिरेले ‘प्रमोटिङ, पिसफूल को–एग्जिस्टेन्स एण्ड इनक्लुसिभ सोसाइटिज् : फाइटिङ इनटलरेन्स’ विषयमा जेनेरल डिबेटमा संघीय संसद्का तर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ । महासभा अवधिभर प्रतिनिधिमण्डलले विभिन्न बैठकमा भाग लिनेछ ।

No description available.