३० कार्तिक २०८३, सोमबार

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सका जहाजको उडान

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सका जहाजको उडानमा रोक लगाएको छ ।

क्यानले श्री एयरलाइन्सको जहाज इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडानमा रोक लगाएको हो ।

जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने क्यानको तयारी छ ।

बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काएर आकस्मिक अवतरण गरिएको थियो ।

एयरलाइन्सका जहाजको इन्जिन जाँच गर्ने र उड्न योग्य देखिएपछि मात्रै पुन: उडानका लागि अनुमति दिइने बताइएको छ ।