
काठमाडौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा बधाई तस्वीर राख्दै अध्यक्ष ओलीले पौडेललाई बधाई दिएका हुन् ।
‘नेपालको तेस्रो राष्ट्रपतिको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय श्री रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’ अध्यक्ष ओलीले भनेका छन् ।
— K P Sharma Oli (@kpsharmaoli) March 10, 2023
पौडेल बिहीबार मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।












प्रतिक्रिया