
काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि जारी मतदानमा उम्मेदवारद्वय सुवासचन्द्र नेम्वाङ र रामचन्द्र पौडेलले मतदान गरेका छन् ।
उनीहरुले बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर मतदान गरेका हुन् । नेम्वाङ नेकपा एमालेबाट उम्मेदवार रहेका छन् भने पौडेल नेपाली कांग्रेसबाट उम्मेदवार छन् ।
मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।












प्रतिक्रिया