
काठमाडौं, २५ फागुन । काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानको आकस्मिक अवतरण गराइएको छ ।
त्रिभुवन विमानस्थलबाट बिहान ९ः४० मा भैरहवाका लागि उडेको विमानको इञ्जिनमा समस्या दखिएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको हो ।
त्रिभुवन विमानस्थलबाट उडेको करिब २० मिनेटमा विमान फेरि काठमाडौं फर्काइएको हो ।
विमानमा रहेका सबै यात्रुहरू सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ ।











प्रतिक्रिया