
काठमाडौं, २५ फागुन । आज हुने राष्ट्रपति निर्वाचनमा मतदाताहरुले मतदान स्थलमा मोबाइल लैजान नपाउने भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन गोप्य मतदान भएका कारण मतदान स्थलमा मोबाइल लैजान रोक लगाइएको जानकारी गराएको छ ।
यदि मतदाताले मतदानस्थलमा मोबाइल लिएर गएको पाइए मोबाइल जफत गरिने र कसुर गरेको ठानी कारबाही गरिने कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको चयनका लागि बिहान १० बजे देखि मतदान सुरु हुँदैछ ।
राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।












प्रतिक्रिया