
काठमाडौं, २५ फागुन । आज हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदान नगर्ने भएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेको थियो ।

राजतन्त्र पुनःस्थापनाको एजेन्डा बोकेको राप्रपाले पार्टी कार्यकर्ता र शुभेच्छुकको भावना अनुसार राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरिएको राप्रपाले जनाएको छ ।
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।
राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।












प्रतिक्रिया