शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: देशले भोलि नयाँ राष्ट्रपति पाउँदै

दैनिक नेपाल २०७९ फागुन २४ गते २१:२५

काठमाडौं, २४ फागुन । नेपालले भोलि नयाँ राष्ट्रपति पाउँदैछ ।

नेपालले चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउन लागेको हो । राष्ट्रपतिका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनको समय भोलि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्मका लागि तोकिएको छ । मतदान सकिएपछि भोलि साँझसम्ममै मत परिणाम आउने बताइएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

१. सकियो तयारी : भोलि हुने राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा, भोलि साँझ नै अन्तिम मत परिणाम सार्वजनिक हुने ।

२. प्रचण्ड र विप्लव भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता, संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल ।

३. दु:खमा पुगे सान्तवना दिन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटे एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई, नेपालका भाइ सरोजकुमार उपाध्यायको निधनमा समवेदना व्यक्त ।

४. नि:शुल्क उपचार भाषण मात्रै नहोस् : सातै प्रदेशमा स्तन र पाठेघरको क्यान्सरको निश’ल्क उपचारको व्यवस्था मिलाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिवद्वता, करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिला लक्षित पोषण कार्यक्रम सञ्चालन गरिने भनाइ ।

५. राष्ट्रपतिलाई बदनाम गर्न खोजियो : स्वार्थ प्रेरित व्यक्तिले राष्ट्रपति जस्तो मर्यादित संस्थालाई बदनाम गर्न खोजेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, पहिलो कार्यकालमा सफल भएपछि विद्यादेवी भण्डारीलाई दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति बनाइएको भनाइ ।

६. मत घट्यो : राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय, आम कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै मतदान नगर्ने निर्णय भएको भनाइ ।

७. मतदान अघि निर्णय : राष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने निर्णय भोलि मात्रै गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी, भोलि बिहानै बैठक बस्ने ।

८. बालेन र बस्नेत एकै ठाउँमा : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र नेकपा एमालेका नेता महेश बस्नेतबीच भेटवार्ता, पुराना कुरा बिर्सिएर सहकार्य गर्ने सहमति ।

९. दुर्गा प्रसाईका सहयोगी पक्राउ : व्यवसायी दुर्गा प्रसाइलाई सहयोग गर्ने कालोमोसो दस्ताका संयोजक शम्भु थापा पक्राउ, थापालाई तत्काल रिहा गर्नुपर्ने नभए आन्दोलनमा उत्रने चेतावनी ।

१०. बेलायतकी राज्यमन्त्री नेपालमा : एसिया प्रशान्त क्षेत्र हेर्ने बेलायतकी विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरि ट्रेभेलियन नेपालमा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सरकारका अन्य अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम ।

११. महिला हिंसा झन् झन् बढ्दो : महिलामाथि ह’ने घरेल’ हिंसाका घटना बढ्दो क्रममा, ५५ महिनामा मुलुकभर महिला हिंसा तथा महिलाविरुद्धका अपराध मात्रै एक लाख एक हजार ६ सय ८२ वटा ।

१२. बिवाह गर्न अनुमति लिनुपर्ने : दैलेख जिल्लाको गुराँस गाउँपालिकामा विवाह गर्नका लागि वडाबाट अनुमति लिनुपर्ने, बाल बिवाह रोक्नका लागि अनुमति लिन’पर्ने व्यवस्था गरिएको गाउँपालिकाको भनाइ ।

१३. बुधबार घट्यो सुनको मूल्य : नेपाली बजारमा बुधबार एक हजारले घट्यो सुनको मूल्य, छापावाल सुन प्रतितोला एक लाख एकहजार पाँचसय, तेजावी सुन प्रतितोला एक लाख एक हजार र चाँदीको मूल्य तोलामा ४० रूपैयाँले घटेर १२ सय २५ रूपैयाँमा कारोबार ।

१४. दुर्घटनाको विरोधमा प्रदर्शन : ग्रीसमा रेल दुर्घटनाको विरोधमा ५० हजार भन्दा धेरै मानिस सडकमा, गत फेब्रुअरी २८ मा एक मालबाहक रेल र विद्यार्थी सवार यात्रुबाहक रेल आपसमा ठोक्किँदा कम्तीमा ५७ जनाको मृत्यु ।

१५. पराजित भए पुलिस र एपीएफ : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई १–० गोलले हरायो, दोस्रो खेलमा सातदोबाटोसँग एपीएफ १–० गोलले नै पराजित ।

प्रतिक्रिया
सम्बन्धित