१ कार्तिक २०८३, आइतबार

बैंकर गुरूङको ‘जान्दिन हे प्रियसी’ गीत सार्वजनिक (भिडिओसहित)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको ‘जान्दिन हे प्रियसी’ गीत सार्वजनिक भएको छ ।

राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको रचना रहेको गीतमा सीईओ गुरुङले आवाज दिएका हुन् । गुरूङ बैंकिङ क्षेत्रमा सफल व्यक्तित्व गुरुङ कुशल गायक तथा सर्जक पनि हुन् ।

गीतमा बीबी अनुरागीले संगीत भरेका छन् । राष्ट्रकवि घिमिरेका छोराहरु ईन्दिवर घिमिरे र राजीव घिमिरसँग समन्वय गरेर गुरूङको आवाजमा गीत रेर्कडिङ गरिएको हो ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–८, भंगेरी गाउँ स्थायी घर भएका गुरुङले म्यानमारको म्यानमार सिटिजन्स् बैंकमा कामसमेत गरिसकेका छन् ।

म्यानमारबाट फर्किएपछि गुरूङले आफ्नो आवाजमा पहिलो भ्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उनले म्यानमारमा रहँदा ‘मनको भारी’ म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।