२८ आश्विन २०८३, बुधबार

ऋषि धमला बने ‘पटमूर्ख’

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । पत्रकार ऋषि धमला पदमूर्ख बनेका छन् । धमलाले पदमूर्खको उपाधि जितेका हुन् ।

मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा धमला पटमूर्ख घोषित भएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह भने यस वर्षको ‘महामूर्ख’ घोषित भए। त्यस्तै सम्मेलनले रत्नेश्वर लाल कर्णलाई डपौरशंख, हरि मण्डललाई वैशाख नन्दन, बिभा ठाकुरलाई गंधपसारैन, अरुण लाल कर्णलाई खबसुरता, संजय झालाई लोढाशंख घोषित गरेको छ ।

यसैगरी रेखा झालाई मनटुटिया, लालबाबु यादवलाई हराशंख, बलराम साहलाई बज्रसोटा, बिरेन्द्र रमणलाई शोटाचंद, किरण झा रश्मीलाई टुनमुसरी र डा. सोनु कुमार साहलाई बज्रकीटलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।