शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: बहालवाला प्रधानमन्त्रीविरूद्द नै मुद्दा परेपछि तरंगित नेपाली राजनीतिक वृत्त

दैनिक नेपाल २०७९ फागुन २३ गते २०:३६

काठमाडौं, २३ फागुन । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्द सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

बहालवाला प्रधानमन्त्रीविरूद्द नै मुद्दा दर्ता भएपछि राजनीतिक वृत्त नै तरंगित भएको छ । प्रधानमन्त्रीविरूद्द नै मुद्दा परेपछि शान्ति प्रक्रिया विपरित क्रियाकलाप भएको भन्दै माओवादी धारका पार्टी तथा नेताहरुले यसको विरोध गरिरहेका छन् ।

यो मुद्दाले मुलुकमा पुन द्दन्द्द निम्तने खतरासमेत रहेको कतिपयको आँकलन छ ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

१. प्रधानमन्त्रीको स्ष्टीकरण : मुस्ताङमा विश्वविद्यालय स्वीकृति नदिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्पाष्टोक्ति, मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठीक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने भनाइ ।

२. प्रधानमन्त्री जालन् त जेल ? : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्दको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता, फागुन २५ गतेका लागि तोकियो पहिलो पेशी ।

३. माओवादी धारका नेताहरु एक ठाउँमा : मंगलबार बिहान माओवादी धारका नेताहरुको संयुक्त बैठक बालुवाटारमा बस्यो, संक्रमणकालिन न्यायको सम्बन्धनमा भइरहेको चर्चा बारे गम्भीर ध्यानाकर्षण भएको भनाइ ।

४. प्रचण्डविरुद्दको मुद्दामा काँग्रेसको धारणा : द्वन्द्वकालीन मुद्दा समाधान गर्ने विषय कुनै अमुक दलको मात्रै नभएर सिंगो राज्यको दायित्व रहेको काँग्रेस प्रमुख सचेतक रमेश लेखकको भनाइ, विधेयकलाई चाँडो भन्दा चाँडो संसदमा अगाडि बढाउन र दोस्रो आयोग गठन गर्न माग ।

५. रविले पासपोर्ट दुरूपयोग गरेका थिएनन् : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानीको दुरूयोग नगरेका अध्यागमन विभागको निष्कर्ष, सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी ।

६. खेल क्षेत्रप्रति गौरव गरौँ : खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा सबैले गौरव गर्नुपर्ने धारणा ।

७. प्रचण्डविरूद रिट परेपछि हलचल : शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सरकार दत्तचित्त भएर लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको भनाइ, चालु संसद् अधिवेशनबाटै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुङ्गोमा पुर्‍याउने धारणा ।

८. नौ दलको उर्दी : भोलि बुधबारसम्म आफ्ना सांसदहरुलाई काठमाडौं आइपुग्न सत्ता गठबन्धनमा आवद्व नौ दलको उर्दी, सांसदहरूको प्रशिक्षण कार्यक्रम राष्ट्रपति निर्वाचनसम्म स्थगित ।

९. देश फेरि द्दन्द्दमा जान्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्व मुद्दा हाल्नु मुलुकलाई फेरि द्दन्द्दमा फसाउनु भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको भनाइ, शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने, शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने प्रयास भइरहेको टिप्पणी ।

१०. क्षेत्राधिकारमा विवाद गर्नु जायज हुँदैन : शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन जरुरी रहेको नेपाल बार एसोसियसनको भनाइ, क्षेत्राधिकारको विवाद सृजना गर्नु जायज नहुने उल्लेख ।

११. प्रचलित कानून बमोजिम निरूपण हुनुपर्छ : रवि लामिछानेले झूटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएको भन्ने आरोपमा प्रचलित कानूनबमोजिम निरूपण गरिनु पर्ने देखिएको सर्वोच्च अदालतको भनाइ, राहदानी विवाद निर्वाचन क्रमका उम्मेदवारको योग्यतासँग जोडिएको विषय नदेखिएको भन्दै अहिलेलाई थप कुरा गर्नु नपर्ने पूर्णपाठमा उल्लेख

१२. घट्यो सुनचाँदीको मूल्य : नेपाली बजारमा मंगलबार घट्यो सुनचाँदीको मूल्य, सुन तोलामा तीनसयले घटेर छापावाल सुन प्रतितोला एक लाख २ हजार पाँचसय, तेजावी सुन प्रतितोला एकलाख २ हजार र चाँदी १२ सय ६५ रूपैयाँमा कारोबार ।

१३. बढ्यो नेप्से : धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि, नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा कायम ।

१४. विष्फोटमा मृत्यु : इराकमा सोमबार राति भएका बम विस्फोटमा परेर पाँच जनाको मृत्यु, विस्फोटको जिम्मेवारी कसैले लिएन ।

१५. एनएसजेएफ स्पार्टस अवार्ड : नेपाली राष्ट्रिय फुटबल टीमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जिते एनएसजेएफ स्पोर्टस अवार्डमा उत्कृष्ट प्रशिक्षकको अवार्ड, भलिबलकी उषा भण्डारीले जितिन् पिपल्स च्वाइस अवार्ड ।

प्रतिक्रिया
सम्बन्धित