शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

राष्ट्रपति निर्वाचनका मतदातालाई सत्ता गठबन्धनले काठमाडौं बोलायो (भिडिओ)

दैनिक नेपाल २०७९ फागुन २३ गते १६:२८

काठमाडौं, २३ फागुन । सत्ता गठन्धनमा रहेका दलहरूले राष्ट्रपति निर्वाचनका मतदाताहरूलाई काठमाडौं बोलाएको छ ।

राष्ट्रपति निर्वाचनको सम्दर्भमा आफ्ना मतदातालाई प्रशिक्षण दिन उनीहरूलाई काठमाडौं बोलाइएको हो । त्यसका लागि मतदाताहरूले बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्नुपर्ने छ ।

सिंहदरबारमा मंगलबार बसेको सत्ता गठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकले यसपटक यसअघि भन्दा फरक ढंगले राष्ट्रपतिको निर्वाचन हुन लागेकाले आवश्यक प्रशिक्षण दिने निर्णय गरेको थियो ।

बैठकपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदानका लागि प्राविधिक तयारी गरिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित