शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अमेरिकामा पनि मनाइयो होली (फोटो फिचर)

गणेश थापा २०७९ फागुन २३ गते १४:४७

अमेरिका, २३ फागुन । संयुक्त राज्य अमेरिकामा बस्ने नेपाली समुदायले रङहरूको पर्व होली धुमधामका साथ मनाएका छन् ।

नेपालीहरूको अत्यधिक बसोबास रहेको टेक्सास राज्यको अस्टिन सहरमा सोमबार आयोजित बृहत् होली कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो ।

नेपाली सोसाइटी अस्टिनद्वारा आयोजित सो कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता रहेको सोसाइटीका सदस्य नेत्रबन्धु पोखरेलले उल्लेख गरेका छन् ।

प्रवासको व्यस्त जीवनशैलीका बाबजूद पनि आफ्नो देशको कलासंस्कृति, चाडपर्व र रितिरिवाजहरूलाई सम्बर्द्धन गर्ने कार्यमा नेपाली समुदाय सधैं कटिबद्ध रहिरहने पोखरेलको भनाइ छ ।

यता ठूलो संख्यामा नेपालीहरूको बसोबास रहेको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, सिकागो, वासिगङ्टन डीसीलगायत ठॉउहरूमा बसोबास गर्ने नेपालीहरूले एक आपसमा रङ साटासाट गर्दै हर्षोल्लासका साथ होली पर्व मनाएका छन् ।    

प्रतिक्रिया
सम्बन्धित