
काठमाडौं, २३ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार नेपाली ठुलो गोलभेँडा ५०, अदुवा १००, रातो आलु २५, सेतो आलु १६, स्थानीय काउली ३५, कागती २२०, सुकेको खुर्सानी ४०० र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी रहेको छ भने ब्रोकाउली ५०, भ्यान्टा ७०, भिण्डी १२० र हरियो धनियाँ ३० रुपैयाँमा बिक्रि भइरहेको छ ।
यस्तै गाजर प्रतिकेजी २५, गान्टे मूला ७०, राजमा घिउ सिमी १००, चमसूरको साग ५०, च्याउ (कन्य) १२०, डल्ले च्याउ २४०, तोरीको साग ३०, सुकेको प्याज ३४, हरियो प्याज ४०, बन्दा १२ रुपैयाँ रहेको छ ।
त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८०, हरियो अंगुर ११०, अनार २८०, अमला ८० रुपैयाँ र अम्बा २०० रुपैयाँ रहेको छ ।















प्रतिक्रिया