३ कार्तिक २०८३, मंगलबार

गौतमको हत्यामा संलग्न सार्वजनिक

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलकोट, २२ फागुन । गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ । फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भिरमा मृतावस्थामा फेला परेको थियो ।

मृतावस्थामा फेला परेकी गौतमको गहना लुटिएको देखेपछि लडेर नभई हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानको क्रममा विकले हत्या गरेको पुष्टि भएपछि प्रहरीले उनलाई आइतबार सार्वजनिक गरेको छ । गलकोट नगरपालिका–९ चुँदारा टोल बस्ने ४३ वर्षीय इन्द्रबहादुर विकले पछाडिबाट चिउँडो र टाउकामा समाती मुन्टो बटारी हत्या गरेर गहरगहनासमेत लुटी भिरबाट खसालेको अनुसन्धानका क्रममा पाइएकाले पक्राउ गरेर आज सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । विकले अनुसन्धानका क्रममा आफूले हत्या गरेको स्वीकार गरेका छन् ।

आठ महिनामा ५० हिंसाका घटना

आठ महिनामा यहाँ ५० महिला हिंसाबाट पिडित भएका छन् । चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखी हालसम्म ५० महिला हिंसासम्बन्धी निवेदन दर्ता भएकाअल्पकालिन महिला सेवा केन्द्र बागलुङले जनाएको छ । आफै सम्पर्कमा आएका २९ र जिल्ला प्रहरी कार्यालयमार्फत आएका २१ निवेदन दर्ता भएका महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सरस्वती देवी रेग्मीले जानकारी दिइन् ।

पचासमध्ये २० घटना यौनजन्य दुव्र्यवहारसम्बन्धी, १० घरेलु हिंसा, ११ सम्बन्ध विच्छेद, पाँच आर्थिक हिंसा, एक बहुविवाह, एक हाडनाता करणी, एक अंशमुद्दा र एक बेवारिसे अवस्थासम्बन्धी मुद्दा रहेका रेग्मीले जानकारी दिइन् ।

उनका अनुसार दर्ता भएका मुद्दामध्ये १३ बागलुङ नगरपालिकाका, पाँच जैमिनीका, तीन गलकोटका, चार ढोरपाटनका, सात काठेखोलाका, दुई ताराखोला, पाँच बडीगाड, चार निसीखोलाका, एक तमानखोलाका र अन्य जिल्लाका छ मुद्दा रहेका छन् । सङ्ख्यात्मक रुपमा बागलुङ नगरपालिकामा धेरै उजुरी देखिए पनि अन्य पालिकामा समस्या भए पनि न्यायका लागि जिल्लासम्म नआएको नगरउपप्रमुख राजु खड्काले बताए । रासस