३० कार्तिक २०८३, सोमबार

मिथिला माध्यमिकी परिक्रमा जनकपुरधाम आइपुग्यो (तस्वीरहरु)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । मिथिला माध्यमिकी परिक्रमा यात्रा भारतको बिहारस्थित विशौलमा विश्राम गरी सोमबार विहान जनकपुरधाम आइपुगेको छ ।

मंगलबार जनकपुरधाममा अन्तर गृह परिक्रमा गरेपछि यात्रा पुरा हुनेछ । परिक्रमामा सहभागि यात्री प्रदेशसभा नजिकको हनुमानगढी, तिरहुतिया गाछी, बाह्रविघा र मठमन्दिरहरुमा बास बसेका छन् ।

गत ८ फागुनमा जनकपुरधामको हनुमानगढीमा भेला भएर परिक्रमा यात्रा सुरु भएको थियो । परिक्रमालाई स्वागत तथा व्यवस्थापन गर्न जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतको निकायले तयारी गरिरहेको छ ।

हनुमानगढीबाट सुरु भइ परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विशौल हुँदै जनकपुरधाम आइपुगेको हो ।

नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । यस यात्राका सहयात्रीले नेपालका एक सय दुई र भारतको २६ गरी एक सय २८ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ ।

एक सय २८ किल्लो मिटरमा १५ वटा विश्रामस्थल छन् । परिक्रमाको अन्तिम दिन जनकपुरधाममा लगभग ८ किमी परिक्रमा यात्रा गरिन्छ । त्यसपछि परिक्रमाका यात्रीहरु घर फर्किन्छन् । र, फर्केको भोलिपल्ट होली मनाउने गर्छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.