
काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान खनाललाई भेट्न उनी डल्लुस्थित खनालकै निवासमा पुगेका हुन् । खनालसँगको भेटमा पौडेलले आफ्नो पक्षमा मत मागेका थिए ।
राष्ट्रपति चयनका लागि यहि फागुन २५ गते मतदान हुँदैछ । राष्ट्रपतिका लागि कांग्रेसबाट पौडेलले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।












प्रतिक्रिया