७ कार्तिक २०८३, शनिबार

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २१ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार नेपाली ठुलो गोलभेँडा ४०, अदुवा ९०, रातो आलु २४, सेतो आलु १७, स्थानीय काउली २५, कागती २२०, सुकेको खुर्सानी ४०० र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी रहेको छ भने ब्रोकाउली ४०, भ्यान्टा ९०, भिण्डी १२० र हरियो धनियाँ २० रुपैयाँमा बिक्रि भइरहेको छ ।

यस्तै गाजर प्रतिकेजी २५, गान्टे मूला ७०, राजमा घिउ सिमी १००, चमसूरको साग ४०, च्याउ (कन्य) १२०, डल्ले च्याउ २५०, तोरीको साग ३०, सुकेको प्याज ३०, हरियो प्याज ५०, बन्दा १० रुपैयाँ रहेको छ ।

त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २००, हरियो अंगुर ११०, अनार २८०, अमला ८० रुपैयाँ र अम्बा १०० रुपैयाँ रहेको छ ।