
काठमाडौं, २१ फागुन । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन १५ अर्ब चार करोड ५० रुपैयाँ मुल्य बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । बिल आज जारी हुँदैछ ।
बिलमा बोलकबोल भने दिउँसो ३ बजेबाट हुनेछ । बैंकले २८ दिनका लागि दुई अर्ब रुपैयाँको बिल जारी गर्दैछ । त्यस्तै, ९१ दिनका लागि छ अर्ब चार करोड ५० रुपियाँ र १८२ दिन अवधिका ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
बैंकका अनुसार ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब बिल नयाँ रहेको छ । बिल २८ दिनको चैत २१ गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुने राष्ट्र बैंकको भनाइ छ ।















प्रतिक्रिया