३ कार्तिक २०८३, मंगलबार

एनएमबी बैंकको एटिएम फुटाउने प्रयास

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, २१ फागुन । मकवानपुरको हेटौंडा-४ स्थित एनएमबी बैंक शाखाको एटिएम मेसिन फुटाएर चोरीको प्रयास भएको छ ।

आज आइतबार बिहान २ः२० बजेको समयमा एटिएम फटाउने प्रयास भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार एटिएम मेसिनको माथिको कभर फुटाएको पाइएको हो ।

एटिएमको पुरै भाग फुटाउन नसक्दा एटिएमको पैसा भने चोरी नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एटिएम मेसिन फुटाउन प्रयास गर्नेको उचाइ अन्दाजी ५ फिट ३ इन्च, कलेजी कलरको हुक लगाएको, साइडमा सेतो धर्का भएको ट्र्याक र सेतो स्पोर्टस जुत्ता लगाएको हुलिया रहेको छ ।

एटिएम फुटाएर चोरी गर्ने प्रयास गरेकाको खोजी कार्य र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।