
काठमाडौं, १९ फागुन । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८६ पैसा र बिक्री दर १३२ रुपैयाँ ४६ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १३९ रुपैयाँ ९८ पैसा र बिक्री दर १४० रुपैयाँ ६१ पैसा रहेको छ।
यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
















प्रतिक्रिया