बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ फागुन १८ गते २३:१९

काठमाडौं, १७ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकदै जाँदा उम्मेदवारहरू एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका रामचन्द्र पौडेल मत माग्न व्यस्त भएका छन् ।

आठदलीय गठबन्धनका विरुद्ध एक्लै चुनावी प्रतिस्पर्धामा रहेको एमालेले परिणाम आफ्नो पक्षमा पार्न सक्रियता तीव्र पारेको छ ।

यस्तै, कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टीले फिर्ता लिएको छ । केन्द्रीय सरकारमा सत्ता समीकरण परिवर्तन भएकाले समर्थन फिर्ता लिइएको राप्रपाले बताएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

१. मत माग्दै कार्यालयमा : नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङले विभिन्न दलका कार्यलयमै पुगेर मागे मत, राष्ट्रिय प्रजातन्त्र, राष्ट्रिय स्वतन्त्र र नेकपा एकीकृत समाजवादी पार्टीको को केन्द्रीय कार्यालयमै पुगेर गरे मतका लागि आग्रह ।

२. परिवर्तनको संकेत : नेकपा एमालेले राष्ट्रपतिमा मत माग्दै औपचारिक रूपमा संवाद सुरु गर्नु परिवर्तनको संकेत भएको एकीकृत समाजवादी पार्टीको भनाइ, राष्ट्रपतिमा एमालेलाई सहयोग गर्न नसक्ने स्पष्टोक्ति ।

३. प्रधानमन्त्रीको धारणा : नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त ।

४. सेवाबाट बर्खास्त गर्नु : उपरथी प्रेम शाहीलाई सेवाबाट हटाउन सैनिक अदालतको आदेश, आर्थिक अनियमितता गरेको, सैनिक आचरण, मर्यादाको उल्लंघन गरेको आरोपमा दोषी ठहर ।

५. त्रिदेशीय सडक निर्माणमा जोड : नेपाल, चीन र भारत जोड्न त्रिदेशीय सडक निर्माण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह, त्रिदेशीय यातायात सञ्चालन भए जनतामा विकासको ढोका खोलिने र समृद्धि विकास हुने विश्वास व्यक्त ।

६. अनुगमनमा निस्किए मन्त्री श्रेष्ठ : उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री नारायणकाजी श्रेष्ठद्वारा भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्डको अनुगमन, पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेकोमा ठेक्का पाएको कम्पनीप्रति असन्तुष्ट, यथाशिघ्र काम सक्न निर्देशन ।

७. पूर्वराजा किन गए भारत ? : पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा, केही दिनअघि सहकार्यका लागि दलहरुलाई आग्रह गरेका शाहको भारत भ्रमण अर्थपूर्ण ।

८. युवतीको शंकास्पद मृत्यु : चितवनको भरतपुर महानगरपालिका १० रत्ननगरमा बस्दै आएकी आसामकी १९ वर्षीया सुनिता देवी मृत फेला, सँगै बस्ने एक युवती र दुई युवक पक्राउ ।

९. समर्थन फिर्ता : राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, केन्द्रीय सरकारमा सत्ता समीकरण परिवर्तन भएकाले समर्थन फिर्ता लिइएको भनाइ ।

१०. अधिवेशन अन्त्य : गण्डकी प्रदेश सभाको पहिलो हिउँदे अधिवेशन अन्त्य प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा बिहीबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य ।

११. चट्याङले लियो ज्यान : भोजपुरको षडानन्द नगरपालिका १२ मा चट्याङ लागेर १३ वर्षीय सरोज भुजेलको मृत्यु, स्थानीय २५ वर्षीय प्रदीप भुजेल घाइते ।

१२. फेरि बढ्न थाल्यो मूल्य : नेपाली बजारमा बिहीबार पनि पाँचसयले बढ्यो सुनको मूल्य, छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६ सय, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार एकसय रुपैयाँमा कारोबार, चाँदीको मूल्य भने स्थिर रहेर १२ सय ७० रुपैयाँमा कारोबार ।

१३. होली सभ्य तवरले मनाऔँ : सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई प्रहरीको आग्रह, इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहर पानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही हुने ।

१४. बालबालिका कुपोषणको चपेटामा : सोमालियामा यस वर्ष पाँच वर्षमुनिका करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने अनुमान, जीवन रक्षक सहायता प्रदान जारी राख्न माग ।

१५. नेपाल पनि विश्वकप खेल्ने : यूएईलाई हराउँदै नेपाल आइसीसी यू–१९ विश्वकपमा छनौट, यूएई सात रनले पराजित ।

प्रतिक्रिया
सम्बन्धित