३ कार्तिक २०८३, मंगलबार

मन्त्री श्रेष्ठले भेटे जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, १६ फागुन । गत शनिबार सिन्धुलीको कमलामाई नगरपालिका-१३ स्थित माथिल्लो रानीबासमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका ४० वर्षीय दण्डपाणी पौडेलको परिवारलाई बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंंगानारायण श्रेष्ठले भेटेका छन् । पौडेलको परिवारलाई भेट्नका साथै मन्त्री श्रेष्ठले हात्तिले आक्रमणबाट क्षति भएका ११ बढी घरको स्थलगत निरीक्षण गरेका छन् ।

No description available.

श्रेष्ठले स्थानीयसँग अन्तरक्रिया गर्दै सुरक्षाका लागि स्थानीय जनसमुदायसँग मिलेर प्रहरी र वन रक्षकको गस्ती बढाउन निर्देशन दिए । हाल सुरक्षा गरिहेका जिल्ला प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई दोब्बर बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, डिभिजन वन अधिकृतलाई हात्तिले गर्न सक्ने आक्रमणबाट सुरक्षित राख्नका लागि आवश्यक प्रबन्ध मिलाउन पनि मन्त्री श्रेष्ठले निर्देशन दिए । स्थानीयलाई हात्तीबाट हुनसक्ने क्षतिलाई मध्य नजर गर्दै सुरक्षित रहन विज्ञहरुको सल्लाह अनुसार अघि बढ्न मन्त्रीको सुझाव छ ।

No description available.

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई दुई दिनभित्र राष्ट्रिय निकुञ्जबाट १० लाख क्षतिपूर्ति उपलब्ध गराउनुका साथै बागमती प्रदेश सरकारबाट आर्थिक सहयोग उपलब्ध गराउने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए । मन्त्री श्रेष्ठले मृतकको श्रीमती ममिता पौडेललाई रोजगारी र मृतकको एक छोरा र एक छोरीलाई परिवारको सहमतीमा विद्यालय शिक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जंगली हात्तीको आक्रमणबाट घरहरुमा क्षति पुर्‍याएको र अन्नबाली नष्ट गरेको स्थानीयलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने मन्त्री श्रेष्ठले बताए। मन्त्री श्रेष्ठको प्रतिबद्धतापछि विगत दश वर्षदेखि जंगली हात्तीको आतंकबाट त्रसित स्थानीयमा अब समस्या समाधान हुने आशा पलाएको छ ।

No description available.

हात्तीको आक्रमणबाट कमलामाई-१३ का देवी देवकोटा, जयप्रसाद देवकोटा, चमार माझी, शिव कार्की, खिकराज देवकोटा, सर्मिला थापा, होममाया बोहरा, चन्द्रमाया बोहरा, तिलमाया थापा, प्रेमबहादुर भण्डारीको घरमा क्षती पुगेको छ भने तोपबहादुर बोगटीको धान र बन्दा (तरकारी) नष्ट गरेको वडा अध्यक्ष केशरबहादुर कार्कीले जानकारी दिए ।

No description available.