२८ आश्विन २०८३, बुधबार

इलाम कारागारका कैदी-बन्दी तास–मदिरामा लठ्ठ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १६ फागुन । क्षमताभन्दा बढी कैदी राख्नेदेखि खानेपानी, शौचालय, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा देशभरका जेलको अवस्था नाजुक रहेको गुनासो आइरहँदा यहा“का कैदी–बन्दी भने इलाम कारागारलाई ‘सुधार गृह’का रूपमा रहेको बताउने गर्दथे ।

थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्न कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा थुनामा कैदी–बन्दीलाई कारागारमा राखिन्छ । कारागारभित्र कानुनद्वारा वर्जित कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न पाइँदैन । तर, इलाम कारागारमा भने कानुनद्वारा वर्जित मदिरा, जुवातास तथा मोबाइल फोन प्रयोग हुने गरेको पाइएको छ । कैदीबन्दीले कारागार मदिरा सेवन र तासको अखडा बनाइरहेका छन् । कारागारभित्र निषेधित वस्तु प्रवेश हुनुमा कार्यालय कर्मचारी र सुरक्षाकर्मीको ‘सेटिङ’बिना सम्भव छैन ।

कर्मचारी र सुरक्षाकर्मीकै सेटिङ आशंका

कैदीबन्दी बाहिर निस्कनै पाउँदैनन्, निस्किँदा पनि प्रहरीले हतकडी लगाएर कामको प्रयोजनका लागि लाने गरिन्छ । बाहिरका मान्छेले खानेकुरा कैदीलाई लैजाँदा लगेका सामान सबै हेरेर लैजाने व्यक्तिले चाखेपछि मात्रै प्रवेश गराइन्छ । तर, इलाम कारागारमा ‘सेटिङ’बाटै मदिरा भित्रने गरेको पाइएको छ । कैदी–बन्दी मदिरा सेवन, तास र चुरोट प्रयोग गरिरहेको भिडियोसमेत बाहिरिएको छ ।

जिल्ला कारागार इलामका जेलर सुमित मगर सो भिडियो कारागारभित्रकै रहेको स्वीकार गर्छन् । उनका अनुसार सो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदी–बन्दी अहिले पनि यहीँ छन् । केही छुटेर र सरुवा भइसकेका छन् ।

‘भिडियो देख्दा आफू पनि अचम्मित परेको’ भन्दै जेलर मगर ‘कहिलेको भिडियो भन्ने प्रस्ट नभएको र आफू पनि भर्खरै आएको’ बताउँछन् । ‘तत्काल कर्मचारी र सुरक्षाका साथीलाई भित्र निरीक्षणका लागि पठाइएको छ,’ उनले भने, ‘कारागारभित्र अनुशासनहीन काम गर्न, कानुनले बन्देज गरिएका वस्तु प्रयोग तथा र बिक्रीवितरण गर्न पाइ“दैन ।’

प्रत्येक साता अनुगमन हुँदै आएको र त्यसको प्रतिवेदनसमेत विभाग पठाउने गरेको जेलर मगर बताउ“छन् । ‘कारागारभित्र भएको यस्तो क्रियाकलाप गलत हो,’ उनी भन्छन्, ‘निष्पक्ष छानबिन गरेर संलग्नलाई कारबाही गरिनेछ ।’

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल कारागारभित्र भएको काम गलत भएको भन्दै त्यसमा संलग्नता हुनेको खोजीका लागि अनुसन्धान गर्ने बताउँछन् । जिल्ला प्रशासन कार्यालय इलामले यस विषयमा छानबिन गरी तीन दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यदलसमेत गठन गरिसकेको छ । यसमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिकुमार थापाको संयोजकत्वमा प्रहरी निरीक्षक विपिन विश्वकर्मा र नायब सुब्बा नित्यानन्द घिमिरे सदस्य छन् ।

इलाम कारागारको क्षमता १ सय २५ जनाको भए पनि हाल २ सय ८० जना रहेका छन् । कारागारभित्र फुटसल खेल्न मैदानसमेत व्यवस्था छ । कारागारमा पुस्तकालय, जिम, भलिबल, फुटसल, चेस, क्यारेम बोर्ड, ब्याडमिन्टन, स्किपिङलगायत सामग्री छन् । आजको राजधानी दैनिकमा खबर छ ।