१ कार्तिक २०८३, शनिबार

एमाले अध्यक्ष केपी ओली भन्छन्– माओवादीले राष्ट्रपति निर्वाचनमा एमालेलाई नै मत दिन्छ (भिडिओ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई नै मत दिने विश्वास व्यक्त गरेका छन् ।

आज शनिबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पुस १० गते भएको सहमति अनुसार एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाएको र यसमा माओवादीले साथ दिने विश्वास व्यक्त गरेका हुन् ।

उनले आफूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा आफूलाई दबाब आएको बताएको पनि उल्लेख गरे । त्यस्तै ओलीले यसअघिको सम्झौता अनुसार नै माओवादीले एमाले उम्मेदवारलाई मत दिने यकिन रहेको दाबी गरेका छन् ।