१ कार्तिक २०८३, शनिबार

राप्रपाका मन्त्रीहरूले दिए पदबाट राजीनामा

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

उनीहरूले आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।