१ कार्तिक २०८३, शनिबार

दुर्गा प्रसाईं एमालेबाट हटाइए, अर्थ तथा योजना विभागको सचिवमा भट्ट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंमाथि कारबाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालयको सोह्रौं बैठकले प्रसाईंमाथि कारबाही गर्दै पार्टीबाट हटाइएका हुन् । उनी पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न रहेको बैठकको निष्कर्ष छ ।

यसैगरी, आजको बैठकले पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागको सचिवमा दीपकप्रकाश भट्टलाई मनोनयन गरेको छ ।

भने केन्द्रीय सदस्य दुर्गा प्रसाईं पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न रहेकाले केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ ।